‘नो केबलकार समूह’सँग गृहमन्त्रीले सोमबार साँझ ६ बजे भेट्ने

वार्ता र संवादबाटै समस्याको समाधान खोज्न योगेश भट्टराईको आग्रह

Lite Nepal

आइतबार, माघ २७, २०८१

काठमाडौं । नेकपा एमालेका सचिव तथा ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ‘नो केबलकार समूह’लाई वार्ता र संवादबाटै समस्याको समाधान खोज्न पुनः आग्रह गरेका छन् ।

आइतबार पुनः सरकारसँग भएको वार्ता बिना निष्कर्ष टुङ्गिएपछि आफूसँग उक्त समुहको संवाद भएको र संवादमा गृहमन्त्रीसँग आफ्ना कुरा राख्न चाहेकोले भेटघाटको व्यवस्था मिलाउन आग्रह भएको उल्लेख गर्दै भट्टराईले भेटको समय मिलेकाले वार्ता र संवाद भन्दा बाहिर नजान उक्त समूहलाई आग्रह गरेका हुन् ।

भट्टराईका अनुसार गृहमन्त्रीसँग सोमबार बेलुका ६ बजे भेटको समय तय भएको  छ । उनले उक्त कुरा सामाजिक सञ्जाल फेसबुकमार्फत पनि सबैलाई जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं