Lite Nepal

मंगलबार, माघ २९, २०८१

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक लगागत प्लेटफर्मबाट धार्मिक सहिष्णुतामा खलल पुर्‍याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा संखुवासभाको खाँदबारी नगरपालिका–४ घर भएका ५२ वर्षीय नरेन्द्र राज राई रहेका छन् ।

साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपक राज अवस्थीका अनुसार राईले सामाजिक सञ्जालमार्फत घृणा र द्वेष फैलाउने, विभिन्न जातजाति र सम्प्रदायबिचको सुमधुर सम्बन्धलाई खलल पार्ने सामाग्री तयार गरी प्रसारण गरेको पाइएको छ ।

उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा गरी जिल्ला प्रहरी कार्यालय संखुवासभाको समन्वयमा गत माघ २५ गते पक्राउ गरिएको हो ।

प्रहरी उपरीक्षक अवस्थीले उनीमाथि जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं