Lite Nepal

शनिबार, फाल्गुण ०३, २०८१

विराटनगर । मोरङमा १ जना महिलाले नाबालिका छोरीसहित पोखरीमा हामफालेकी छन् । उद्धार गरेर उपचारका लागि पठाइए पनि शिशुको मृत्यु भएको छ ।

बेलबारी नगरपालिका–९ तीनखुटियाका गंगाराम यादवकी पत्नी २२ वर्षीया प्रीति यादवले आफ्नै ६ महिनाकी छोरी काव्या यादवसहित शुक्रबार साँझ ७ः३० बजेतिर माछा पोखरीमा हामफालेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका निमित्त प्रवक्ता एवं इन्स्पेक्टर हेमराज ओलीका अनुसार प्रीतिले नाबालिका छोरीसहित गएर घरदेखि करिब १ किलोमिटर उत्तरमा रहेको माछा पोखरीमा हामफालेकी हुन् ।

उक्त पोखरी स्थानीय पनैलाल चौधरीको हो । हामफालेको देखेपछि स्थानीयले पोखरीबाट उद्धार गरेर उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा पठाएका थिए । अस्पताल पुर्याउनसाथ राति ८ः३० बजेतिर शिशुलाई भने चिकित्सकले मृत घोषित गरिदिएको इन्स्पेक्टर ओलीले बताए ।

उनका अनुसार आमाको पनि अवस्था गम्भीर छ । आईसीयूमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । इन्स्पेक्टर ओलीका अनुसार शिशुसहित आमाले पोखरीमा हामफाल्नुपर्ने कारण पत्ता लागेको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा