Lite Nepal

शनिबार, फाल्गुण ०३, २०८१

काठमाडौं । लेबनानको बेरुतमा प्रदर्शनकारीको आक्रमणबाट नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल घाइते हुनुभएको छ । गए राति करिब १२ बजे बेरुत नजिक यूएनआईएफआईएल मिसनका डेप्युटी फोर्स कमान्डर (शान्ति सैनिक) उपरथी ढकाल सवार कन्भोयलाई प्रदर्शनकारीहरूले रोकी तोडफोड गर्दा उहाँ घाइते हुनुभएको हो ।

घटनालगत्तै उहाँलाई उद्धार गरी यूएन लेभल थ्री अस्पताल पुर्‍याइएको थियो । अस्पताललाई उद्धृत गर्दै उहाँ खतरामुक्त भएको नेपाली सेनाले जानकारी दिएको छ । ढकाल आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने क्रममा हुनुहुन्थ्यो ।

संयुक्त राष्ट्रसंघले घटनाको अनुसन्धान गरी कारबाहीका लागि लेबनानी सरकारसँग माग समेत गरेको छ । लेबनानी प्रधानमन्त्री तथा लेबनिज आर्म्ड फोर्सले तत्काल अनुसन्धान गरी घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा