Lite Nepal

आइतबार, फाल्गुण ०४, २०८१

झापा । झापाको अर्जुनधारास्थित मधुगिता क्रसर उद्योगमा टिपरको ठक्करबाट एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-२ का अन्दाजी २५ वर्षीय मोहन किस्कु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

आइतबार साँझ पौने ६ बजेको समयमा क्रसर उद्योगमा को १ ख ७०१४ नम्बरको टिपरले मिक्सगिटी अनलोड गरी अगाडी बढ्ने क्रममा किस्कुलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो।

घटना बारे जानकारी प्राप्त हुन साथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। प्रहरीले टिपर चालक मोरङ उर्लाबारी नगरपालिका- २ का ४१ वर्षीय गुमानध्वज खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं