Lite Nepal

आइतबार, फाल्गुण ०४, २०८१

झापा । झापाको अर्जुनधारास्थित मधुगिता क्रसर उद्योगमा टिपरको ठक्करबाट एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-२ का अन्दाजी २५ वर्षीय मोहन किस्कु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

आइतबार साँझ पौने ६ बजेको समयमा क्रसर उद्योगमा को १ ख ७०१४ नम्बरको टिपरले मिक्सगिटी अनलोड गरी अगाडी बढ्ने क्रममा किस्कुलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो।

घटना बारे जानकारी प्राप्त हुन साथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। प्रहरीले टिपर चालक मोरङ उर्लाबारी नगरपालिका- २ का ४१ वर्षीय गुमानध्वज खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा