Lite Nepal

सोमबार, फाल्गुण ०५, २०८१

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा आगलागी भएको छ । आइतबार साँझ भएको आगलागीमा लघुवित्तको कार्यालय रहेकोसहित ३ वटा घरमा क्षति पुगेको छ ।

खान पकाउने क्रममा ग्यास ‘लिक’ भएर पदम राईको भान्छा कोठाबाट साँझ ६ बजेतिर आगलागी सुरु भएको थियो । आगोले राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, ग्यास पसल र निर्धन उत्थान लघुवित्तको कार्यालय एवं आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगो निभाउन पानीको अभाव भएको थियो । हलेसी सुक्खाग्रस्त घोषित क्षेत्र हो । इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईका अनुसार आगलागीबाट २ वटा घर पूर्ण तथा एउटामा आंशिक क्षति पुगेको छ ।

करिब १ करोडभन्दा बढीको क्षति भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिब ११ बजेतिर आगो नियन्त्रणमा आएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं