Lite Nepal

मंगलबार, फाल्गुण ०६, २०८१

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट सिस्ने, सिवाँहुँदै ओलाङचुङगोला जोड्ने सडक खण्ड दैनिक ७ घण्टा बन्द गरेर मर्मत सुरु गरिएको छ ।

आजबाट १० गते सम्म दैनिक ७ घण्टा सडक बन्द गर्दै मर्मत सुरु गरिएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बुले जानकारी दिए ।

सडक अत्याधिक जोखिमपूर्ण रहेको र मोटरसाइकल समेत कुदाउन समस्या हुने भएकाले बन्द गरेर नै मर्मत सुरु गरिएको उनको भनाई छ । यो समयमा पहरा फुटाएर सडक चौडा पारिनेछ । यो काम विहान ९ बजेबाट अपराह्न ४ बजे सम्म हुनेछ ।

विहान ९ बजे सम्म र बेलुका ४ बजेपछि भने सवारी चल्न दिइने गाउँपालिकाले सूचना निकालेर नै सार्वजनिक रूपमा जनकारी दिएको छ ।

यो सडक तमोर करिडोर अन्तरगतको हो । फक्ताङलुङ जानेले अब यही समयमा जान चाहे सुकेटार, गडिडाँडा सडक प्रयोग गर्न सक्ने छन् । यो सडक लामो र घुमाउरो भएकाले यातायात सञ्चालकले सिंवा सिस्ने सडक प्रयोग गर्दै आएका थिए । निर्माणको समयमा पैदल यात्रागर्ने वैकल्पिक पैदल मार्ग पनि नभएको स्थानीय बताउँछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं