Lite Nepal

मंगलबार, फाल्गुण ०६, २०८१

काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माणका साथै जिल्लाको विकासमा सबै एकजुट हुनुपर्ने सन्देश दिन आज सदरमुकाम फुङलिङमा नागरिक सद्भाव र्‍याली निकालिँदै छ ।

ताप्लेजुङ विकास प्रेमी नागरिक समाज ताप्लेजुङको आयोजनामा बिहान ११ बजेबाट सदरमुकाम फुङलिङमा निकालिने र्‍यालीमा सयौँ सङ्ख्यामा जिल्लावासीको सहभागिता रहने आयोजकले जनाएको छ ।

‘बृृहत् नागरिक सद्भाव र्‍याली’ लेखिएको व्यानर सहितको उक्त सद्भाव यात्रामा नौमती बाजा र च्याब्रुङसहित विभिन्न जातजाति र समुदायको संस्कृति झल्कने झाँकी पनि प्रदर्शन गरिनेछ ।

पाथीभरामा केबलकार बने जिल्लाले विकासमा फड्को मार्ने जिल्लावासीको भनाई छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं