काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माणका साथै जिल्लाको विकासमा सबै एकजुट हुनुपर्ने सन्देश दिन आज सदरमुकाम फुङलिङमा नागरिक सद्भाव र्याली निकालिँदै छ ।
ताप्लेजुङ विकास प्रेमी नागरिक समाज ताप्लेजुङको आयोजनामा बिहान ११ बजेबाट सदरमुकाम फुङलिङमा निकालिने र्यालीमा सयौँ सङ्ख्यामा जिल्लावासीको सहभागिता रहने आयोजकले जनाएको छ ।
‘बृृहत् नागरिक सद्भाव र्याली’ लेखिएको व्यानर सहितको उक्त सद्भाव यात्रामा नौमती बाजा र च्याब्रुङसहित विभिन्न जातजाति र समुदायको संस्कृति झल्कने झाँकी पनि प्रदर्शन गरिनेछ ।
पाथीभरामा केबलकार बने जिल्लाले विकासमा फड्को मार्ने जिल्लावासीको भनाई छ ।