काठमाडौं । भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणमा कलेजका कर्मचारीहरू निलम्बित भएका छन् ।
केआईआईटी कलेजले बुधबार जारी गरेको विज्ञप्तिमा दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई निलम्बन गर्दै अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।
घटनापछि आन्दोलनमा उत्रिएका नेपाली विद्यार्थीलाई कलेजका कर्मचारीहरूले कुटपिट गर्दै होस्टलबाट निकालेका थिए । कलेजले घटनामा माफी माग्दै विद्यार्थीहरूलाई क्याम्पसमा फर्काउन पहल भइरहेको पनि उल्लेख गरेको छ ।