Lite Nepal

मंगलबार, फाल्गुण ०६, २०८१

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माण चाँडै सक्नु पर्ने जिल्लावासीले माग गरेका छन् । उनीहरूले एउटै स्वरमा भेला भएर भनेका छन्, ‘ताप्लेजुङले के भन्छ ? केबलकार ल्याउ भन्छ । स्थानीयवासी के भन्छन् ? केबलकार ल्याउ भन्छन् ।’

मङ्गलबार सदरमुकाम फुङलिङमा भेला भएका सैयौँ जिल्लावासीले सद्भाव र्‍याली निकाल्दै केबलकारले जिल्लाको समृद्धिमा थप टेवा पुग्ने भन्दै केबलकार निर्माण चाँडै सक्नुपर्ने माग गरे ।

तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माणका साथै जिल्लाको विकासमा सबै एकजुट हुनुपर्ने सन्देश दिन नागरिक सद्भाव र्‍याली निकालिएको हो ।

ताप्लेजुङ विकास प्रेमी नागरिक समाज ताप्लेजुङको आयोजनामा बिहान ११ बजेबाट सुरु भएको र्‍यालीले सदरमुकामका विभिन्न स्थानको परिक्रमा गरिरहेको छ ।

‘बृहत् नागरिक सद्भाव र्‍याली’ लेखिएको ब्यानर सहितको उक्त सद्भाव यात्रामा नौमती बाजा र च्याब्रुङसहित विभिन्न जातजाति र समुदायको संस्कृति झल्कने झाँकी पनि प्रदर्शन गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं