Lite Nepal

शनिबार, फाल्गुण १०, २०८१

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिबार साँझ प्रहरी र ‘नो केबलकार’ समुहबीचमा झडप भएको छ ।

पदयात्रा भन्दै पाथीभरा क्षेत्रमा पुगेको उक्त समूहले शनिबार सदरमुकाममा राँके जुलुससहित प्रदर्शन गरेपछि प्रहरीसँग झडप भएको हो ।

उक्त समूहले प्रहरीलाई लाठी र आगो नै प्रहार गरेका थिए । झडप सदरमुकामको विरेन्द्र चोकमा भएको हो ।

उक्त समूहमा जिल्लाका भन्दा धेरै जिल्ला बाहिर र राजेन्द्र महतोसँग गएका मधेश प्रदेशका व्यक्ति छन् । उनीहरू ताप्लेजुङ प्रवेश गरेदेखि नै अराजक क्रियाकलाप गरिरहेको ताप्लेजुङका सुरक्षा अधिकारी बताउँछन् ।

शान्तिपूर्ण पदयात्रा भन्दै पाथीभरा क्षेत्रमा पुगेको उक्त समूहले ढुंगा र लाठी प्रहार गरेपछि बिहीबार पनि काफ्लेपाटी क्षेत्रमा पनि झडप भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं