Lite Nepal

मंगलबार, फाल्गुण २०, २०८१

काठमाडौं । काठमाडौंको थापाथली क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुटेको छ । मंगलबार बिहानै खानेपानी वितरणको पाइप फुट्दा सो क्षेत्र जलमग्न भएको थियो ।

पाइप फुटेर थापाथली क्षेत्र जलमग्न भएपछि सो क्षेत्रको पानी वितरण बन्द गरिएको काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्रले जानकारी दिएको छ । यसअघि बबरमहलमा पनि मेलम्चीको पाइप फुट्दा सो क्षेत्र जलमग्न भएकव थियो ।

थापाथली चोकबाट नर्भिक हस्पिटल जाने सडकमा आज बिहान मेलम्चीको पाइप फुटेको हो । पाइप फुटेपछि ठूलो फोर्समा पानी बाहिर निस्किँदा सडक भत्किएको छ । सडकपेटीमा पनि क्षति पुगेको छ । सडकभरि हिलो र ढुंगाका गिट्टी छरिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं