Lite Nepal

शनिबार, चैत्र ०१, २०८१

काठमाडाैं । तपाईलाई घुम्न मन पर्छ भने खुसीकाे कुरा छ । टाइम म्यागेजिनले भर्खरै २०२५ मा घुम्नका लागि विश्वका सय उत्कृष्ट ठाउँको सूची जारी गरेको छ । सूचीमा एल साल्भाडोरदेखि भारतको जयपुर र जिम्बाबेसम्म परेका छन् ।

यसमा क्रुजदेखि संग्राहलय र रेष्टुराँदेखि नेशनल पार्कसम्म सबै कुरा छन् । सूचीमा नेपालको तर्फबाट सामुदायिक होमष्टे नेटवर्क (सीएचएन) लाई पनि घुम्नै पर्ने ठाउँ बताइएको छ ।

कतै घुम्न जानुको पहिलो लोभ भनेको त्यहाँका मानिसहरूलाई चिन्नु वा थाहा पाउनु पनि हो । कसैको घरमा एक रात मात्रै बस्नु भनेको उनीहरूसँग जीवनभरका लागि मित्रता गाँस्नु पनि हो । त्यसपछि गाउँको शान्त र हरियाली परिवेश, फाँट अनि डाडाँकाडाँ एकपटक कल्पना गर्नु त मनैलाई शान्त हुन्छ ।

सीएचएन रोयल माउन्टेनको भगिनी कम्पनी हो । २०१२ मा पनौतीमा होमस्टे खोलेयता यसले १८ समुदायमा २०० भन्दा धेरै होमस्टे चलाइरहेको छ । होमस्टे बाहेक पनि सीएचएनले आगन्तुकहरूलाई नेपाल घुम्न आउनका लागि प्रेरित गर्न सीएचएनले स्थानीय सरकारहरूसँग मिलेर पनि काम गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा