Lite Nepal

मंगलबार, चैत्र ०४, २०८१

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ कदमा मुस्लिम टोलमा भएको आगलागीमा निधन भएकी एक बालिकाको परिचय खुलेको छ ।

उक्त घटनामा स्थानीय अनित मियाकी ४ वर्षीय छोरी रेश्मा खातुनको जलेर निधन भएको रहेको प्रहरीले जनाएको छ । आगलागीमा दुई बालबालिकाको निधन भएको थियो । एक बालकको परिचय खुलेको छैन ।

आगलागी विद्युत् सर्ट भइ भएको भन्ने सूचना पाउन साथ प्रहरी घटनास्थल पुगेको थियो । तर, अत्याधिक घाम, र हावाका कारण आगो नियन्त्रणमा समस्या हुँदा उक्त टोलका ८ घर जलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

आगो उद्यान १२ः३० बजेबाट सुरु भएको थियो । आगलागी नियन्त्रणमा लिन स्थानीय, प्रहरी, रंगेली नगरपालिका, कानेपोखरी गाउँपालिका, बेलबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका र विराटनगर महानगरपालिकाका ५ वटा दमकल घटनास्थल पुगेका थिए ।

अहिले घटना स्थलमा मोरङका प्रमुख जिल्ला अधिकारीसहितको टोली पनि पुगेको छ भने केही समय अघि नेपाली सेनाको टोली पनि पुगेर आगो नियन्त्रणमा खटिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा