ताप्लेजुङ । ताप्लेजुङमा आगोबाट बच्नलाई भागेका पुरुषको बारीको डिलबाट लडेर मृत्यु भएको छ ।
आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादीनका ५७ वर्षीय सुरेन्द्र तामाङको बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाको छ । आफ्नै बारीमा झ्यास डढाउने क्रममा एक्कासि ठूलो बलेको आगोले तामाङको खुट्टामा पोलेको थियो ।
प्रहरीका अनुसार आगोले खुट्टा पोलेपछि जोगिनलाई भाग्ने क्रममा बारीको डिलबाट उनी लडेका थिए । लडेर उनी ७–८ मिटर तल झरेका थिए ।
लड्नसाथ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।