Lite Nepal

बिहिबार, चैत्र ०७, २०८१

बिर्तामोड । विदेशमा बसेर सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्दै गालीगलौच गर्ने हल्दिवारी – १ का २३ वर्षीय नवराज ओली ‘नितेश’ लाई प्रहरीले पक्राउ गरेको छ ।

विदेशबाट नेपाल आई काठामाडौंमा लुकिछिपी बसेका ओलीलाई सोह्रखुट्टेबाट प्रहरीले पक्राउ गरी झापा ल्याएको हो ।

सामाजिक सञ्जालको दुरुपयोग गर्दै गालीगलौच गर्ने, चरित्र हत्या गर्ने, विभिन्न सामाजिक एवम् राजनीतिक व्यक्तित्वहरुलाई तथ्यहिन आरोप लगाउने कार्यमा सक्रिय ओलीलाई अभद्र कसुरमा पक्राउ गरी झापा प्रहरीले अनुसन्धान थालेको छ ।

ओलीले गोल्धाप प्रहरीलाई फोन गरेर धाकधम्की दिएको, अश्लिल शब्दहरु प्रयोग गरेको उजुरी परेको थियो । सो उजुरीका आधारमा पक्राउ परेका ओलीलाई ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको झापा प्रहरीका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

चैत ३ गते पक्राउ परेका ओलीलाई प्रहरीले पक्राउ गरेपछि अन्य व्यक्तिहरुले साइवर मुद्धामा समेत उजुरी दिईरहेको बुझिएको छ ।
ओलीले झापाका जनप्रतिनिधि, प्रहरी प्रशासन, पार्टीका नेताहरु, पत्रकारहरुलाई विदेशमा बसेर तथानाम गालीगलौच, चरित्र हत्या गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं