Lite Nepal

बिहिबार, चैत्र ०७, २०८१

ताप्लेजुङ । प्रहरीकाे नियन्त्रणमा रहेका ‘नो केवलकार समुह’का १८ जनालाई जनही २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार उनीहरू गत फागुन १० गते देखि प्रहरी नियन्त्रणमा रहेका थिए ।

अदालतले २०८१ साल चैत ७ गतको थुनछेक बहसपछि १८ जनालाई जनही २० हजार धरौटी लिएर छाड्न आदेश दिएकाे हाे ।

प्रहरीले गत फागुन ८ गते पाथीभरा क्षेत्रमा निर्माणाधिन केवलकारको बटम स्टेशन नजिक तथा फुङलिङको वीरेन्द्र चौकमा भएको घटनामा हुलदंगा र अपराधिक उपद्रव गरेको कसुरमा पक्राउ गरेको थियो ।

पक्राउ परेका सबै १८ जना अदालतको आदेशमा बिहीबार नै धरौटीमा छुटेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं