Lite Nepal

शुक्रबार, चैत्र ०८, २०८१

काठमाडौं । आजदेखि तीन दिनसम्म बादल लाग्ने र हल्का खालको पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

अरेवियन सागर हुँदै आएको पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बादल लाग्ने, हल्का पानी पर्ने र उच्च पहाडी भूभागमा हल्का हिमपात हुने समेत सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभावले आज बिहानैदेखि बादल लागिरहेको छ । उनका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । यस्तो सम्भावना तीन दिनसम्म हुने देखिएको उनले बताइन् ।

‘पर्सि साँझबाट बल्ल मौसममा क्रमिक सुधार हुन्छ,’ मौसमविद मानन्धरले अनलाइनखबरसँग भनिन् । उनका अनुसार अहिले कोशी प्रदेशका तराई क्षेत्रमा फाटफुट खालको पानी पर्न थालिसकेको छ ।

आज काठमाडौंमा पनि पानी पर्ने सम्भावना छ । ‘तर ठूलो पानी पर्दैन, हल्का खालको पानी पर्ने सम्भावना छ,’ उनले भनिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं