Lite Nepal

मंगलबार, चैत्र १२, २०८१

काठमाडौँ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको काठमाडौँ महानगर कमिटीले महानगरका मेयर बालेन्द्र साह बालेनले सोमबार राति मदिरा सेवन गरेर आपत्तिजनक स्ट्याटस लेखेको भन्दै अनुसन्धानको दायरामा ल्याउन माग गरेको छ ।

कहिले सिंहदरवारमा आगो लगाउँछु त कहिले टुकुचामा गाड्छु जस्ता आपत्तिजनक अभिव्यक्ति दिने मेयर बालेनलाई कानूनी कठघरामा उभ्याउन सरोकारवाला निकायसँग संघले विज्ञप्तिमार्फत माग गरेको छ ।

अध्यक्ष दिपेश सुधाकारले एक विज्ञप्ति जारी गर्दै बालेनले लेखेको स्ट्याटस ‘‘टुकुचामा गाड्छु‘’ भन्ने अभिव्यक्तिप्रति युवा संघ महानगर कमिटीको ध्यानाकर्षण भएको जनाएका छन् ।

‘आफ्नो पदीय जिम्मेवारी भुलेर पब र क्लबहरूमा रमाउँदै सस्तो लोकप्रियता र सामाजिक सञ्जालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभिव्यक्ति नदिन र तथ्यलाई अतिरञ्जित गरी समाजलाई भड्काउने अभिव्यक्ति नदिन सचेत गराउँछौ’, विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं