Lite Nepal

मंगलबार, चैत्र १९, २०८१

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले हिउँदे अधिवेशन विधायिकी कामको हिसाबले सफल भएको बताएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले हिउँदे अधिवेशनमा १३ वटा विधेयकहरू संसदले पास गरेको यो विगतको तुलनामा महत्त्वपूर्ण उपलब्धि रहेको बताए । उनले विधायिकी कामको हिसाबले आलोचना गर्नुपर्ने ठाउँ नरहेको जानकारी दिए। उनले सरकारले पनि केही महत्त्वपूर्ण विधेयकहरू हिउँदे अधिवेशनमा प्रस्तुत गरेको र महत्त्वपूर्ण रहेको बताए ।

सचिव भट्टराईले भने, ‘यो हिउँदे अधिवेशनमा १३ वटा विधेयकहरू संसदले पास गरेको छ । विगतको तुलनामा यो धेरै नै महत्त्वपूर्ण उपलब्धि हो । संसद आज चल्न पाएको भए थप दुई वटा विधेयक पनि पास हुन्थे । विधायिकी कामको हिसाबले त्यति आलोचना गर्नुपर्ने ठाउँ छैन । यो बिचमा समितिले पनि पर्याप्त मात्रामा बैठकहरू गर्नुभयो । त्यस कारणले नै यो सम्भव भएको हो । सरकारले पनि केही महत्त्वपूर्ण विधेयकहरू यो हिउँदे अधिवेशनमा प्रस्तुत गरेको छ ।’

सचिव भट्टराईले प्रधानमन्त्रीले चार/चार पटक संसद्लाई सम्बोधन गर्नु भनेको प्रधानमन्त्रीले संसद्लाई विशेष महत्त्व दिएको पाएको पनि बताए । हिउँदे अधिवेशनमा समसामयिक राजनीतिमा उठिरहेका विषयवस्तुको बारेमा पनि संसदमा छलफल भएको बताए । ०७९ पछि बनेको प्रतिनिधि सभामा परिपक्वता, सहिष्णुताको अभाव खड्किएको बताए।

उनले भने, ‘सशस्त्र प्रहरी बल र नेपाल प्रहरी बलको सम्बन्धमा बनेको ऐनलाई विधेयकको रूपमा ल्याएको छ । नागरिकता संशोधन विधेयक ल्याएको छ । नागरिक उड्डयन प्राधिकरण र हवाई उड्डयन प्राधिकरणसम्बन्धी दुई वटा विधेयकहरू जो दशकौंदेखि यो कानुन बन्नुपर्छ भनेर आवाज उठिरहेको तर कानुन नबनेको हुनाले सरकारले यो विधेयक ल्याएको छ । यद्यपि म संस्कृति, पर्यटन भएको बेलामा पनि यो विधेयक राष्ट्रियसभाबाट हामीले पारित गरिसकेका छौँ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं