Lite Nepal

शुक्रबार, चैत्र २९, २०८१

‎‎सुर्खेत । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नमा गएराति तीन महिनाको शिशुलाई बेपत्ता पारिएकाे छ। ‎गएराति ९ बजेतिर स्थानीय बमबहादुर बुढाकी छोरी श्रीया बुढालाई अपहरणशैलीमा बेपत्ता पारिएको‌ हो ।

‎‎उक्त शिशु तीन महिना अगाडि जन्मिएको हो । ‎बमबहादुरका दाजु दीपक बुढाका अनुसार घरमा सबै सुकिसकेका थिए । ‎घर पछाडिको रुखमा राखेको खरमा आगो लाग्यो ‌। उक्त कुरा सुरुमा कसैलाई पत्तै थिएन ।

‎’माथिल्लो घरका मान्छेले देखेर खबर गरे’ उनी भन्छन्, ‘त्यसपछि बच्चाको आमा, बुबादेखि सबै जना आगो निभाउन गए ।’ ‎लगत्तै घरमा आउँदा बच्चा नभएको उनले बताए।

बच्चालाई लिनमा लागि कुनै समूहले खरमा आगो लगाएको र निभाउन गएको मौकामा बच्चा उठाएर भागेको उनको शंका छ । ‎बेपत्ता पारिएको बच्चासँग अर्को छोरा पनि साथमा सुतेको थियो । आउँदा ठुलो बच्चा सुतिरहेकै भएपनि सानो बच्चा नभएको उनले बताए।

‎‎घटना लगत्तै स्थानीयले ठाटीकाँध प्रहरी चौकीमा खबर गरेका थिए । राति नै प्रहरी त्यहाँ पुगेर खोजतलास गर्दा कुनै क्लु पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय दैलेखमा प्रहरी प्रमुख सुनिल दाहालले बताए ।

‎’अचम्म लाग्दो घटना भयो,’ उनले भने, ‘अहिले पुनः त्यहाँ प्रहरी परिचालन गरेको छु।’ ‎परिवारले बच्चा खोजी दिनका लागि सामाजिक सञ्जालदेखि प्रहरीमा आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं