Lite Nepal

शुक्रबार, चैत्र २९, २०८१

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा बिहीबार एक यात्रुवाहक हेलिकप्टर हडसन नदीमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा हेलिकप्टरमा सवार तीन बालबालिकासहित सबै छ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

‘सबै छ जना पीडितहरूलाई पानीबाट उद्धार गरिएको छ,’ न्यूयोर्कका मेयर एरिक एडम्सले मिडिया ब्रिफिङमा भने, ‘दुःखको कुरा, सबै छ जना पीडितहरूलाई मृत घोषित गरिएको छ ।’ उनले थप भने कि यो एउटा हृदयविदारक र दुखद दुर्घटना हो ।

दुर्घटनामा ४ जनाको घटनास्थलमै र दुई जनाको अस्पताल लगिएपछि उपचारको क्रममा मृत्यु भएको थियो । मेयर एडम्सका अनुसार मृतकहरूमा एक स्पेनी परिवार र पाइलट रहेका छन् । यद्यपि, अधिकारीहरूले दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान सार्वजनिक गरेका छैनन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं