Lite Nepal

मंगलबार, बैशाख ०२, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालीले मनाउने मौलिम पर्वले सबैलाई आकर्षित गर्ने बताएका छन् ।

कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाउँदै गर्दा सिरुवाजस्ता मौलिक पर्वहरूले देश–विदेशमा रहेकाहरुलाई समेत आकर्षित गर्ने कार्कीले उल्लेख गरे । प्रदेश सरकार सबै मौलिक संस्कृतिक चाडपर्व र परम्पराको संरक्षण एवं सम्प्रवर्धन गर्न प्रतिबद्ध रहेको उनले बताए ।

सिरुवा पर्वको अवसरमा आज (मंगलबार) शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले सिरुवाजस्तो मौलिक पर्वको संरक्षण र सम्प्रवर्धन गर्दै सबै जातजाति, धर्म र संस्कृतिको पहिचान स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् । नेपालका विभिन्न समुदायले महत्त्वपूर्ण चाडको रूपमा मनाउँदै आएको सिरुवा पर्वले सबैलाई एकतामा बाँध्दै समन्वय, सहकार्यका माध्यमबाट अघि बढ्न प्रेरित गर्ने उनको भनाइ छ ।

कोशी प्रदेश एवं देश–विदेशमा रहेका नागरिकहरूमा शुभकामना दिँदै कार्कीले बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक नेपालमा हुर्किएको सिरुवा पर्वले सत्मार्गमा हिँड्न प्रेरणा दिने समेत बताए । उनले भने, ‘हाम्रा भाषा ,धर्मसंस्कृति ,रीतिरिवाज परम्परा र संस्कारलाई जगेर्ना गर्दै अगाडि बढ्न सकेमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सकिन्छ ।’

नेपालको तराईका विभिन्न जिल्लामा बस्ने समुदायले सिरुवा पर्वलाई विशेष पर्वको रूपमा मनाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं