Lite Nepal

बिहिबार, बैशाख १८, २०८२

ताप्लेजुङ । सदरमुकाम फुङलिङको बिरेन्द्रचोकमा रहेको बुङकुलुङ दुध डेरीमा बिहीवार बिहान आगलागी हुँदा चार लाख रुपैयाँको क्षति भएको छ। स्थानीयका अनुसार बिहान ७ : २० बजेको समयमा दूध तताउने क्रममा ग्यास लिक भएर आगलागी भएको हो।

स्थानीय र प्रहरीको सक्रियताले ७ : ३५ बजे आगो नियन्त्रणमा आएको नियन्त्रणमा सक्रिय सुरज ओझाले जानकारी दिए।

डेरी र नजिकको पसलका कपडा लगायतका सामग्री समेत गर्दा चार लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं