Lite Nepal

बिहिबार, बैशाख २५, २०८२

काठमाडौं । भारत र पाकिस्तानबीच तनाव चर्किएपछि नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) ले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन थालेको छ । दुई मुलुकबीचको तनावको मौका छोपेर नेपाल–भारत सीमा क्षेत्रबाट हुन सक्ने अवैध घूसपैठ रोक्न एपीएफ सतर्क भएको हो ।

एपीएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्य र समन्वयमा सिमानामा संयुक्त गस्ती र खबर आदानप्रदानलाई तीव्रता दिइएको जानकारी दिए ।

‘एक बीओपीबाट अर्को बीओपीसम्म २४ घण्टा नै पेट्रोलिङ गरिँदै छ,’ उनले भने । जोखिमका सम्भावित स्थानमा निगरानी पनि भइरहेको उनले बताए ।

अनधिकृत घूसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको सहप्रवक्ता थापाले जानकारी दिए । ‘बाहिनी मुख्यालयहरूले सुरक्षा योजना बनाएर कार्यान्वयन गरेका छन्,’ उनले भने, ‘सीमा इलाकामा आवश्यकताअनुसार आउजाउ गर्नेहरूको परिचयपत्र जाँच गरेर अभिलेख राख्ने कार्य भइरहेको छ ।’

थापाका अनुसार सीमा क्षेत्रलाई व्यवस्थित गर्न र अवैध घूसपैठ रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समेत समन्वय गरी सूचना आदान–प्रदान गरिँदै छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा