इस्लामबाद । भारत र पाकिस्तान बीचको तनाव रोकिने देखिएको छैन् ।
दुवैले एक अर्काको सिमाना र सैन्य ब्यारेकसम्म हमला गरिरहेका छन् । जसअनुसार भारतको ‘अपरेशन सिन्दुर’ बिफल पार्नका लागि पाकिस्तान धेरै हदसम्म सफल भएको दाबी गरिएको छ ।
पाकिस्तानले हालसम्म ७७ भारतीय ड्रोन खसालिसकेको पाकिस्तानको सरकारी मिडियाले जनाएको छ । पाकिस्तानले हालसम्म कुल ७७ भारतीय ड्रोन खसालेको सरकारी मिडिया पीटीभीले जनाएको हो ।
‘मे ८ को साँझसम्म पाकिस्तानले २९ भारतीय ड्रोनलाई खसालेको थियो भने बिहीबार राति थप ४८ ड्रोन नष्ट गरिएको छ,’ पीटीभीले पाकिस्तानी सुरक्षा स्रोतलाई उद्धृत गर्दै लेखेको छ ।
पाकिस्तानले भारतीय आक्रामणको ‘उचित जवाफ’ दिइरहेको दाबी पनि गरिएको छ ।