Lite Nepal

बुधबार, बैशाख ३१, २०८२

काठमाडाैं । नेपाल वायु सेवा निगमका दुई वटा ट्वीन अटर विमान नियमित सञ्चालनमा आएका छन् । निगमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै मर्मत सम्भार एवं दुई वटै नयाँ इन्जिन परिवर्तन गरेर नियमित उडान तालिका अनुसार विमानहरू सञ्चालनमा आएका हुन् ।

‘आन्तरिक उडान सञ्चालनका लागी निगमका दुई वटै ट्वीन अटर विमानहरु (9N-ABU र 9N-ABT) पूर्ण रुपले सञ्चालनमा आएको हुँदा उक्त विमानहरु आन्तरिक उडान सेवामा सक्रिय रूपमा परिचालन हुँदा निगमको उद्धेश्य अनुरुप दुर्गम भेगका नागरिकहरुमा सहज, सुलभ, मितव्ययी हवाई सेवाको पहुँचमा बृद्धि हुने विश्वास लिदै आगामी दिनहरूमा पनि विगतमा भै यात्रुहरुको गुणस्तरिय सेवा र सुरक्षालाई उच्च प्राथमिकता राखी उडान संचालन गर्न निगम सदैव प्रतिबद्ध छ,’निगमद्धारा जारी सूचनामा भनिएको छ ।

निगमका यी दुवै ट्वीनअटर विमान लामो समयदेखि ग्राउण्डेड थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं