Lite Nepal

बुधबार, जेठ ०८, २०८२

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले विगत ३ वर्षमा पूर्वाधार विकासमा जोड दिएर काम गरेको पाइएको छ ।

गाउँपालिकामा जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आएपछि अध्यक्ष दिपेन्द्र पोमुले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राख्दै काम गरेको र शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत लगायत नागरिकका आवश्यकतालाई पनि उत्तिकै महत्व दिएको बताएका छन् ।

गाउँपालिकामा आफू निर्वाचित भएपछिको तीन वर्षे उपलब्धि बुधबार सार्वजनिक गर्दै अध्यक्ष पोमुले पालिका भित्र ६५ किलोमिटरभन्दा बढी ग्रामीण सडक स्तरोन्नति र मर्मत गर्नेदेखि नागरिकलाई निशुल्क विद्युत् वितरण गर्ने सम्मका काम भएको उल्लेख गरे ।

उनका अनुसार यो अवधिमा गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ भने वडा कार्यालय भवनहरु पनि निर्माण भई सञ्चालनमा आएका छन् । सबैभन्दा धेरै भौतिक पूर्वाधार निर्माणमा काम गरेको यस गाउँपालिकाले वडा नं १ मा सामुदायिक भवन निर्माण र पालिका स्तरिय बहुउद्देश्य कबर्डहल निर्माण पनि गरेको छ ।

पालिकाको आसपासको बाटो कालो पत्रे गर्ने काम सम्पन्न गरेको गाउँपालिकाले ताप्लेजुङबाट धरान सम्म जानका लागी वैकल्पिक मार्गका लागी गोर्जा–सुर्के–सेलेले–भुजे–गुफा सडक ट्र्याक ओपनको काम पनि यसै अवधिमा गरेको छ ।

लिम्बुनि पुल–चोक्पुर–हिले–रमितेहुँदै पालिका सदरमुकाम जोड्ने सडक निर्माणको काम सुरुवात भएको बताउँदै अध्यक्ष पोमुले मुलचोक पाथीभरा देवस्थललाई धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गरिएको र थप व्यवस्थित गर्ने काम भइरहेको बताए ।

एक वडा एक खेलमैदान विस्तार गर्ने योजना अनुरुप आठराई त्रिवेणी गाउँपालिकाको २ नंबर वडाको महभिर खेल मैदान र १ नंबरको जनकल्याण प्राविको खेल मैदान निर्माणको चरणमा रहेको गाउँपालिकाले जनाएको छ । बाँकी वडाहरूमा आगामी वर्षहरूमा यो क्रमलाई निरन्तरता दिने अध्यक्ष पोमुले जानकारी दिए ।

गाउँपालिका अध्यक्षमा निर्वाचित भएको पहिलो निर्णयको रुपमा निशुल्क विद्युत सेवा उपलब्ध गराउँने योजना अनुरुप पालिकाभरिका सबै जनातालाई निशुल्क विद्युत सेवा उपलब्ध गराईदै आएको उनी बताउँछन् ।
‘जनताको विश्वास, कर्मचारीहरूको समर्पण र जनप्रतिनिधिहरूको सक्रिय सहकार्यमा यी सबै काम सम्पन्न भएका हुन्,’ अध्यक्ष पोमुले भने, ‘आगामी २ वर्षमा अझ प्रभावकारी सेवा, समावेशी विकास र समृद्ध गाउँपालिका निर्माणका लागि प्रतिबद्ध छौं ।’

गाउँपालिकाले विगत ३ वर्षमा गरेका काम यस्ता छन् :


तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा