Lite Nepal

मंगलबार, जेठ १३, २०८२

काठमाडौं । पृथ्वी राजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ मा रहेको पुरानो पुलको भाग धस्सिएपछि दुईतर्फ सवारी अवरुद्ध भएको छ ।

सोताङ खोला पुलको भाग धस्सिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । पृथ्वी राजमार्ग हुँदै चल्ने ठुला सवारी साधन सो पुल हुँदै चल्न रोक लगाइएको छ ।

काठमाडौँतर्फ जाने ठुला सवारीलाई डाइभर्ट गरेर गल्छी हुँदै नुवाकोटको बाटो पठाइएको एसपी सुवेदीले जानकारी दिए । सोताङ खोलामा पुरानो पुलसँगै नयाँ पुलको निर्माण कार्य हुँदै आएको छ ।

निर्माण कार्य गर्दा थर्किएर पुरानो पुलको भाग धस्सिएको आकलन गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं