Lite Nepal

बिहिबार, जेठ १६, २०८२

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण सगरमाथा लगायतका हिमश्रृंखलाहरुले ठूलो असर व्यहोरिरहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा सगरमाथा दिवसका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले जलवायु परिवर्तनले सगरमाथा लगायतको हिमश्रृंखला अहिले बिस्तारै पग्लिने हो की, सेता हिमालहरु हिउँ विहीन हुने हो की, सेता हिमालहरु काला हुने हुन् की भन्ने खतरा देखिएको बताए ।

यसले सगरमाथालाई मात्र नभइ हिमवत खण्ड र यसको असर पहाड हुँदै समुन्द्रसम्म पुग्ने उनले जिकिर गरे । उनले हिमालको हिउँ पग्लिएपछि त्यसले निम्त्याउने भूक्षय, बाढी, पहिरो हुँदै समुन्द्रसम्म असर पुग्दा पृथ्वीले असन्तुलन सहनुपर्ने खतरा रहेको बताए । सगरमाथा संवादका माध्यमबाट पूरा विश्वलाई जलवायु परिवर्तनमा देखिएका असरहरु र यि असरहरु न्युनिकरण गर्ने उपायका बारेमा गम्भीरतापूर्वक जानकारी गराएको बताए ।

अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइरहँदा जलवायु परिवर्तनका असर सगरमाथा क्षेत्रले, हिमालले भोग्नुपरेका असर, पूरा पृथ्वीले खेप्नुपर्ने प्रभावका बारेमा छलफल गरिरहेको उनले बताए । हिमाल जोगाउन जलवायु परिवर्तनका असर न्युनिकरणका लागि प्रतिवद्धताका साथ लाग्नुपर्ने आवश्यकता उनले औंल्याए।

७२ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज काठमाडौं ठमेलदेखि वसन्तपुरसम्म पदयात्रा आयोजना गरिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा