Lite Nepal

आइतबार, आषाढ २९, २०८२

काभ्रे । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–९ स्थित कालढुंगामा लेदो आएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । खहरे खोलाबाट लेदो आएर सडक अवरुद्ध भएको हो ।

दुई तर्फी सडक बन्द भएसँगै इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर ईश्वर कार्की नेतृत्वको टिम सडक खुलाउन खटिएका छन् ।

जेसिबीको सहयोगमा सडक सुचारु गर्ने प्रयास भइरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले बताए ।

काठमाडौँबाट पूर्वतिर हिँडेका र पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेका सवारी साधनहरू कालढुंगामा रोकिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं