Lite Nepal

बुधबार, आषाढ ३२, २०८२

चितवन । चितवनमा भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर एक बालिकाको मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा कार्यरत विकास मगरको पाँच वर्षीया छोरी अन्जना मगरको खेल्ने क्रममा अचानक सेफ्टी ट्यांकीमा खसेर मृत्यु भएको हो।

भरतपुर-१० घर भएकी बालिका असार ३० गते सेफ्टी ट्यांकीमा खसेकी थिइन्। उनको तत्काल उद्धार गरी भरतपुर अस्पतालमा उपचार भइरहेको थियो।

उपचारको क्रममा हिजो साँझ ६:४० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं