Lite Nepal

बिहिबार, कार्तिक १३, २०८२

काठमाडौं । ताप्लेजुङमा जन्मिएर काठमाडौंमा रहेकाहरूको साझा संस्था ताप्लेजुङ समाज नेपालले आफ्नो साधारण सभा तथा तेस्रो अधिवेशन कात्तिक २२ गते गर्ने निर्णय गरेको छ । 

भदौं २ गते बसेको कार्यसमितिको पूर्ण बैठकले उक्त मितिमा काठमाडौं स्थित एसआर पार्टी प्यालेस, धुम्बाराहीमा अधिवेशन गर्ने निर्णय गरेको हो । कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने आयोजकले जनाएको छ । 

साधारण सभा तथा अधिवेशनका लागि सो समयमा समाजका साधारण, आजीवन लगायत सम्पूर्ण  सदस्यहरूलाई उपस्थितिको आग्रह समेत गरेको संस्थाका अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फेले जनाकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं