Lite Nepal

शनिबार, पुष १२, २०८२

काठमाडौं । यस वर्षको ‘ताप्लेजुङ वनभोज–२०८२’ काठमाडौंको हुप्पील्याण्ड चोभारको चौरमा आयोजना हुने भएको छ । 

काठमाडौं उपत्यकाको विभिन्न स्थानमा रहेका वनभोज स्थलको अवलोकन पछि चोभारमा रहेको हुप्पील्याण्ड चौरलाई वनभोजका लागि उपयुक्त स्थलका रूपमा छनोट गरिएको आयोजक ताप्लेजुङ सरोकार केन्द्रले जनाएको छ । 

‘हामीले वनभोजको मिति तय भएपछि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका चौर र खुल्ला स्थानको अवलोकन गरेका थियौं,’ १४औं ताप्लेजुङ वनभोज कार्यक्रमका संयोजक लोजक लामा रुईटले भने, ‘अन्त्यमा हुप्पील्याण्ड ठिक लाग्यो ।’

यस वर्षको वनभोज माघ १० शनिवार आयोजना गर्ने तयारी भएको छ । यस अघिका वर्षहरूमा फागुनमा हुँदै आएको वनभोज कार्यक्रम प्रतिनिधिसभा निर्वाचनका कारण एक महिना अघि नै गर्न लागिको हो । 

निर्वाचनलाई मध्यनजर राख्दै माघमा नै वनभोज कार्यक्रमको आयोजना गर्ने निर्णय भएको र सोही अनुसार तयारी पनि भइरहेको संयोजक लामाले बताए । उनका अनुसार, स्थल छनोट गर्नेदेखि टिकट छपाइका काम समेत सम्पन्न भएका छन् । यस वर्ष पनि टिकटको दर १००० रुपैयाँ नै तोकिएको छ । 

टिकट काटेर वनभोजमा सहभागी हुन चाहनेहरूलाई काठमाडौं उपत्यका (भक्तपुर, काठमाडौं र ललितपुर)का सबै स्थानबाट तोकिएको बसले निःशुल्क वनभोज स्थलमा पुर्‍याउने र ल्याउने व्यवस्थापन पनि मिलाइएको ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष बलबहादुर तामाङले जानकारी दिए । 

ताप्लेजुङ जिल्लाबाट काठमाडौं आएर बसोबास गर्ने ताप्लेजुङवासीको साझा संस्था ताप्लेजुङ सरोकार केन्द्रले हरेक वर्ष वनभोजको आयोजना गर्दै आएको छ । चार हजार बढीको सहभागितामा हुँदै आएको ‘ताप्लेजुङ वनभोज’लाई केन्द्रले नेपालकै ठुलो वनभोजका रूपमा दाबी गर्दै आएको छ । 

अघिल्लो वर्ष जहरसिं पौवामा वनभोजको आयोजना भएको थियो भने त्यस अघिका २ वर्ष भक्तपुरको गुण्डु चौरमा ताप्लेजुङे नाचेका थिए । 
जिल्लावासीबिचमा भेटघाट, जिल्लाको संस्कृति र पर्यटनको प्रचारका लागि महत्त्वपूर्ण रहेको ताप्लेजुङ वनभोजले ताप्लेजुङेको आत्मीयतालाई अझै प्रगाढ बनाउँदै लगेको केन्द्रका उपाध्यक्ष सन्तोष मादेनले बताए ।  

वनभोजमा वृहत् सांस्कृतिक कार्यक्रमका साथै विभिन्न जातजातिको संस्कृति झल्काउने झाँकी प्रदर्शन हुन्छन् भने विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहने मादेनले जानकारी दिए ।  

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा