
काबुल । अफगानिस्तानको उत्तर र दक्षिणी भागमा भएका तीनवटा अलग–अलग सडक दुर्घटनामा कम्तिमा तीन जनाको मृत्यु भएको र १५ जना घाइते भएका छन् ।
दक्षिणी जाबुल प्रान्तको शहर–ए–सफा जिल्लास्थित ख्वाजा बाबा क्षेत्रमा शुक्रबार दिउँसो दुई यात्रुवाहक सवारी साधन आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको र तीन जना घाइते भएका छन् ।
त्यसै दिन उत्तर ज्वोज्जान प्रान्तमा भएका दुई अन्य सडक दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर छ ।
प्रहरी अधिकारीहरूले दुर्घटनाका कारण अजिम्मेवार ड्राइभिङ रहेको बताएका छन् र घाइते सबैलाई नजिकैका स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको जानकारी दिएका छन् ।
अफगानिस्तानमा सडक दुर्घटना प्राय: खराब पूर्वाधार, अत्यधिक भरी सवारी साधन, र चालकको लापरबाहीका कारण हुने गरेका छन् ।
