Lite Nepal

बिहिबार, पुष १७, २०८२

विराटनगर । सुनसरीको कोसी गाउँपालिकामा सशस्त्र प्रहरीको गोली लागी १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मिस्रीलाल साहका छोरा करिब ४०–४२ वर्षीय विजय साह रहेका छन् । राति करिब १ बजे सशस्त्र प्रहरीले हानेको गोली लागी उनको मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।

घटनाको विस्तृत विवरण अझै सार्वजनिक भई नसकेको छैन ।

सशस्त्र प्रहरी बल नम्बर–४ गण इनरुवासँग घटनाको बारेमा जानकारी लिन खोज्दा यस विषयमा अध्ययन भइरहेको प्रतिक्रिया दिएको छ ।

प्रहरीले कुन परिस्थितिमा गोली प्रहार गर्नुपर्ने अवस्था आयो र घटनाको वास्तविकता के हो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

घटनापछि स्थानीयवासी आक्रोशित भएका छन् । घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न स्थानीयवासीले माग गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं