रहरले हो कि कहरले उ त सपनाको भारी बोकेर उड्यो,
रोगले थलिएकी आमालाई खुसीको आस बाँडेर उड्यो ।
गाउँको खेत साहुलाई धितो राखी ऋणको भारी बोकेर,
आमालाई नयाँ फरिया फेरिदिने आस देखाएर उड्यो ।
झोलामा डिग्रीको सर्टिफिकेट, हातमा पासपोर्ट बोकेर,
जागिर खाने सपना च्यातेर खाडीमा श्रम बेच्न उड्यो ।
उ उडेको बसौँ भयो, तर आमाको दैनिकी उस्तै रह्यो,
आमालाई खुसी पार्ने उसको सपना खै कता उड्यो ।
–दीपक कटुवाल
खाँदबारी–८ सङ्खुवासभा
