Lite Nepal

शनिबार, पुष १९, २०८२

रहरले हो कि कहरले उ त सपनाको भारी बोकेर उड्यो,
रोगले थलिएकी आमालाई खुसीको आस बाँडेर उड्यो ।

गाउँको खेत साहुलाई धितो राखी ऋणको भारी बोकेर,
आमालाई नयाँ फरिया फेरिदिने आस देखाएर उड्यो ।

झोलामा डिग्रीको सर्टिफिकेट, हातमा पासपोर्ट बोकेर,
जागिर खाने सपना च्यातेर खाडीमा श्रम बेच्न उड्यो ।

उ उडेको बसौँ भयो, तर आमाको दैनिकी उस्तै रह्यो,
आमालाई खुसी पार्ने उसको सपना खै कता उड्यो ।

–दीपक कटुवाल
खाँदबारी–८ सङ्खुवासभा

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं