Lite Nepal

आइतबार, पुष २०, २०८२

काठमाडौं। पछिल्लो समय विश्वव्यापी तापमान वृद्धि वैज्ञानिकहरूको टाउको दुखाइको विषय बनेको छ । तापमानमा निरन्तर भइरहेका वृद्धिले हिमालका हिउँ पग्लिरहेका छन्, हिमनदीहरू सुक्दै जाने क्रम बढेको छ भने समुद्री सतह बढिरहेका छन् । यस्तोमा वैज्ञानिकहरूले यसका कारण उत्पन्न अर्को डरलाग्दो पक्षबारे चेतावनी दिएका छन् । हालै भएको एउटा अध्ययनका अनुसार विश्वव्यापी तापमान वृद्धिका कारण ‘मस्तिष्क खाने अमिबा’को विश्वव्यापी स्वास्थ्य खतराको रुपमा देखा परिरहेको छ ।

यो अध्ययनको प्रतिवेदन चर्चित जर्नल बायोकन्टामिनेन्टमा समेत प्रकाशित भएको छ । अध्ययनमा जलवायु परिवर्तन र खाने पानीका पुराना पाइपलाइनहरूले यो घातक रोगलाई कसरी बढाइरहेको छ भन्ने कुरा देखाइएको छ । मस्तिष्कलाई खाने अमिबाको वैज्ञानिक नाम ‘नेग्लेरिया फाउलेरी’ हो । यो अमिबा नाकबाट मानव शरीरमा प्रवेश गर्छ र सिधै मस्तिष्कमा पुगेर सङ्क्रमण गर्न सक्छ । यस्तो खालको सङ्क्रमणको दर कम भेटिएपनि सङ्क्रमितको मृत्यु दर निकै उच्च छ ।

यस्तो खालको अमिबा ताजा तातो पानीमा पाइन्छ । विश्वव्यापी तापक्रम वृद्धिले विश्वभर पानीको तापक्रम बढाइरहेको छ । ताल, नदी र जलाशयहरू न्यानो हुँदै जाँदा यिनीहरू मस्तिष्क खाने अमिबाको विस्तारको लागि अनुकूल वातावरण बनिरहेका छन् । पहिले सीमित क्षेत्रहरूमा मात्र पाइने यो अमिबा अब नयाँ नयाँ क्षेत्रहरूमा देखा परिरहेको वैज्ञानिकहरू भन्छन् ।

यो अमिबाको फैलिनुको अर्काे कारण पत्ता पानीका पुराना र जीर्ण पाइपलाइनहरू भएको पाइएको छ । विश्वका कयौं धेरै देशमा पानीका धेरै पुराना आपूर्ति प्रणालीहरू प्रयोगमा आइरहेका छन् । यिनीहरूमा लामो समयसम्म पानी जमेर बस्दछन् । यी अमिबा फस्टाउन राम्रो ठाउँ हुन् । चिन्ताको अर्को कुरा के छ भने । उच्च तापक्रम, किटाणु मार्न प्रयोग गरिने क्लोरीनजस्ता निःसंक्रमण आदीको समेत यी अमिबामा कम असर हुन्छ । आधुनिक जल प्रणालीमा सुधार, पानीको नियमित परीक्षण र जलवायु परिवर्तन रोक्नेतर्फ ठोस कदम चाल्नु आदि अत्यन्त आवश्यक रहेको विज्ञहरू भन्छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा