ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा आज साँझदेखि हिमपात भएको छ । हिमपात भएसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको छ ।
यसअघि पाथीभरा क्षेत्रमा गत मङ्सिर ६ गते सामान्य हिमपात भएको थियो ।
केही दिनअघिसम्म मौसम खुले पनि पछिल्ला दिनमा मौसम झुम्मिएकाले जिल्लाभर चिसो बढेको छ ।
आज दिउँसो सदरमुकाम फुङ्लिङ सहितका ठाउँमा छिटफुट वर्षासमेत भएको थियो ।
