Lite Nepal

बुधबार, पुष २३, २०८२

काठमाडौं । जेन-जी आन्दोलनमा पूर्ण रूपमा क्षति भएका सवारी साधनले कर छुट पाउन भएका छन् । बागमती प्रदेश सरकारले जेन जेड आन्दोलनको बेला क्षति पुगेका सवारी साधनलाई विशेष कर छुट दिने निर्णय गरेको हो ।

बागमती प्रदेशको मन्त्रिपरिषद्को गत पुस १६ गते गरेको निर्णयलाई प्रदेशले राजपत्रमा प्रकाशन गर्दै छुट दिने भएको हो ।

जेन-जी आन्दोलनका क्रममा आगजनी वा तोडफोड भई पूर्ण रूपमा क्षति भएका सरकारी, निजी, पर्यटकीय तथा सार्वजनिक सवारी साधनको लगत कट्टा गर्न चाहेमा चालु आर्थिक वर्ष २०८२/८३ को सवारी साधन कर र नवीकरण दस्तुरमा शतप्रतिशत छुट पाउने छन् ।

सार्वजनिक सवारी साधनको हकमा भने थप सहुलियत दिँदै सवारी कर र नवीकरण दस्तुरका साथै जाँच पास र बाटो इजाजत पत्र, नवीकरण दस्तुर समेत मिनाहा गरिएको छ ।

प्रदेश सरकारले दिएको सुविधा लिनका लागि सवारी धनीले प्रहरी मुचुल्कासहित पूर्ण क्षति भएको दुष्ट्याइँ गर्ने आवश्यक कागजात पेस गर्नुपर्ने छ ।

जेन-जी आन्दोलनका कारण यातायात कार्यालयको सेवा अवरुद्ध भएको अवधिमा राजस्व तिर्ने अन्तिम म्याद परेका सवारी साधनले आगामी माघ मसान्तसम्म दस्तुर बुझाउन आएमा बाटो इजाजत पत्र र जाँच पास नवीकरणमा लाग्ने जरिवाना तथा थप जरिवाना छुट पाउने छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा