Lite Nepal

शुक्रबार, पुष २५, २०८२

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०ः०० बजेदेखि बिहीबार बिहानसम्म देशभर १९ वटा विपद्का घटना घटे । त्यसमध्ये १५ वटा आगलागीका घटना भए । विपद्मा परेर कुल ४८ जना घाइते भए भने एक जनाको निधन भयो । विपद्का कारण कुल रु १० लाख १२ हजारबराबरको क्षति भयो ।

प्राधिकरणका अनुसार सुनसरी, सिरहा, सर्लाही, रौतहटका दुई स्थानमा आगलागी भएको छ । बारा, कैलाली, कञ्चनपुर, अछाम, डडेल्धुरामा आगलागी हुँदा सोलुखुम्बु, ओखलढुङ्गा, म्यादी, रुकुमपूर्व, कालीकोटमा वनमा डडेढो लाग्यो । उदयपुर, रौतहट, सुर्खेत र डोटीमा जनावरको आक्रमणमा घटना घटे ।

त्यसैगरी, पुस २२ गते बिहानदेखि २३ गतेसम्म देशभर १९ वटा विपद्मा घटना घटे । त्यसमध्ये १७ वटा आगलागीका घटना घटे । पुस २१ गते बिहानदेखि २२ गते बिहानसम्म देशभर कुल २४ वटा विपद्का घटना घटे । त्यसमा १८ वटा आगलागीमा घटना भएका छन् ।

हिउँदयाममा विभिन्न कारणले आगलागीका घटनामा वृद्धि भएको छ । सावधानी अपनाउन नसक्दा आगलागीको घटनामा वृद्धि भएको प्राधिकरणले जनाएको छ । विद्युत् सर्ट भएको, परालमा कुन्यूमा असावधानीवश आगो लागेको तथा गोठमा सामान्य सावधानी नअपनाइकन आगो बाल्दा क्षति भएको छ । सावधानी अपनाउन, आगो बालेपछि निभाउन तथा ज्वलनशील पदार्थ जथाभावी नराख्न प्राधिकरणले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा