काठमाडौं । ताप्लेजुङ समाज–नेपालले जिल्लाको संस्कृति संरक्षण र स्थानीय पहिचानको प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राख्दै नयाँ नीति तथा कार्यक्रम पारित गरेको छ ।
ताप्लेजुङबाट काठमााडौंमा आएर विभिन्न पेसामा संलग्नहरूको संस्था ताप्लेजुङ समाज नेपालको शुक्रवार आयोजित स्थापना दिवस विशेष अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमले नयाँ नीति पनि पारित गरेको हो ।
रमेश बराल अध्यक्षतामा चुनिएपछिको यो नयाँ नीति तथा कार्यक्रम हो । यसले जिल्लाको संस्कृति संरक्षण र स्थानीय पहिचानको प्रवर्द्धन गर्ने लक्ष राख्नुको साथै शैक्षिक, सामाजिक तथा स्वास्थ्य क्षेत्रमा विकासका पहलहरू सञ्चालन गर्ने, युवा सशक्तीकरण र सहभागी नेतृत्वको प्रवर्द्धन गर्ने र स्थानीय सेवा र आपत्कालीन सहयोग जस्ता कार्यक्रम गर्ने नीति लिएको छ ।
पारित नीति अनुसार यी कार्यक्रमहरू आगामी वर्षमा प्राथमिकताका रूपमा रहनेछन् ।

समाजका अध्यक्ष रमेश बरालको अध्यक्षता र निवर्तमान अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फेको विशेष उपस्थितिमा काठमाडौंका सूर्य इभेन्ट, धुम्बाराहीमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नवनिर्वाचित सदस्यहरूसँग समाजको उद्देश्य, नीति तथा भावी कार्य योजना सम्बन्धी व्यापक अन्तरक्रिया भएको थियो ।
अन्तरक्रियामा महासचिव मिङ्माकामी शेर्पाले सहजीकरण र ‘घर फर्क अभियान’, वरिष्ठ उपाध्यक्ष अग्नि पौडेलले विधान सार संक्षेप र जिम्मेवारी, उपाध्यक्ष देउमान विष्टले वार्षिक कार्य योजना, उपाध्यक्ष कृष्ण केदेमले नेतृत्व र टीमवर्क, उपाध्यक्ष चैतन्य तुम्बाहाम्फेले भिजन, मिसन र मूल्य मान्यता साथै कोषाध्यक्ष बिरेन्द्रकुमार दाहालले आर्थिक रणनीति तथा लेखा प्रणालीका विषयमा आ–आफ्ना प्रस्तुति दिएका थिए ।
कार्यक्रममा विराटनगरका पूर्व मेयर ध्रुवनारायण श्रेष्ठले परामर्श तथा अनुगमन परिषद्को उद्देश्य र कार्यबारे जानकारी गराएका थिए । यस्तै अध्यक्ष रमेश बरालले नीति तथा कार्य योजना सम्बन्धी मन्तव्य प्रस्तुत गर्दा निवर्तमान अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फे, भानु माविकी पूर्व प्रधानाध्यापक बिमला सुब्बा, जीवनकुमार श्रेष्ठ लगायतले आ–आफ्नो विचार कार्यक्रममा राखेका थिए ।
उक्त कार्यक्रममा साहित्यकार लेखनाथ गौतमले सुमधुर गीत प्रस्तुत गर्दा लेखक ठाकुरप्रसाद खतिवडाले कविता वाचन गरेका थिए । ज्येष्ठ नागरिक परिषद्का प्रमुख गणेश न्यौपाने, भानु एलुम्नाइ समाजका अध्यक्ष ई. मेघेन्द्रकुमार श्रेष्ठ लगायतका विशिष्ट अतिथिहरूको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
यस्ताे छ नीति तथा कार्यक्रम
