Lite Nepal

मंगलबार, पुष २९, २०८२

काठमाडौं । राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायले प्रत्येक वर्ष पुस २९ गतेलाई राष्ट्रिय भाक्का दिवसका रूपमा मनाउँदै आएका छन् । यो वर्ष पनि विभिन्न स्थानमा प्रवद्र्धनात्मक कार्यक्रमसहित भाक्का दिवस मनाइँदैछ ।

पहिले कोच राजवंशी समुदायमा मात्र सीमित रहेको भाक्का खाने परम्परा पछिल्लो समय अन्य जातजातिमा समेत लोकप्रिय बन्दै गएको छ । विभिन्न समुदायले भाक्कालाई रुचाउन थालेपछि यसको पहिचान र संरक्षणका लागि पुस २९ गतेलाई राष्ट्रिय भाक्का दिवसका रूपमा मनाउने परम्परा सुरु गरिएको हो ।

भाक्का राजवंशी समुदायको परम्परागत परिकार हो, जुन विशेषगरी हिउँद याममा बढी खाने गरिन्छ । चामलको पिठोलाई पानीको बाफमा पकाएर तयार गरिने भाक्का सामान्यतया चटनीसँग खाने गरिन्छ । स्वादिलो मात्र नभई स्वास्थ्यका दृष्टिले पनि उपयोगी मानिने भाक्कालाई पूर्वी नेपालको एक प्रमुख परिकारका रूपमा लिइन्छ ।

भाक्काको मौलिकता, पोषणीय गुण र सांस्कृतिक पहिचानलाई जोगाउँदै नयाँ पुस्तामा यसको महत्व स्थापित गर्नुपर्ने आवश्यकता रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं