Lite Nepal

शुक्रबार, माघ ०९, २०८२

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी घोषणा गरेका बालेन शाह बिहीबार ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर पुगेर पूजाअर्चना गरेका छन्। श्रीपञ्चमीको अवसर पारेर पुगेका शाहले मुलुकको समृद्धि र आफ्नो चुनावी अभियान सफल होस् भन्ने कामना गरेका छन्।

शाह पूर्वी पहाडी जिल्लाहरू ताप्लेजुङ, पाँचथर र इलामको भ्रमणमा रहेका छन्। बुधबार झापाको दमकबाट प्रस्थान गरेका उनले यात्राका क्रममा स्थानीयसँग भेटघाट र भलाकुसारी गरेका थिए। काफ्ले पाटीबाट पैदल उकालो चढ्दै बुधबार साँझ माथिल्लो फेदी पुगेका थिए।

झापा क्षेत्र नम्बर ५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो। पाथिभरा दर्शनपछि शाह बिहीबार नै झापा फर्किने र घरदैलो अभियानलाई तीव्र बनाउने तयारी गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं