Lite Nepal

मंगलबार, माघ १३, २०८२

काठमाडौं । नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै अवैध रूपमा गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले ठूलो परिमाणमा लागू औषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार राति करिब ९:३० बजे अस्थायी प्रहरी पोष्ट सखुवागाछीबाट खटिएको टोलीले इनरुवा नगरपालिका-६ भोटेपुलस्थित पूर्व-पश्चिम राजमार्गमा सवारी साधन जाँच गरिरहेको थियो। सो क्रममा पूर्वबाट पश्चिमतर्फ गइरहेको को २ ह ६१२५ नम्बरको अटो रोक्न खोज्दा चालकले अटेरी गर्दै भाग्न खोजेपछि अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाको सहयोगमा इनरुवा-४ क्षेत्रमा उक्त सवारी साधन नियन्त्रणमा लिइएको हो।

अटोको खानतलासी गर्दा करिब ९९ दशमलव १ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ। सो घटनामा अटो चालक धनकुटा जिल्लाको चौबिसे गाउँपालिका-७ का २५ वर्षीय साजन लिम्बु र अटोमा सवार १९ वर्षीय गगन लिम्बुलाई लागू औषध र सवारी साधनसहित नियन्त्रणमा लिइएको छ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं