Lite Nepal

बुधबार, माघ १४, २०८२

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिम नेपालका पहाडी र तराई भूभागमा वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यसको सबैभन्दा बढी प्रभाव सुदूरपश्चिम प्रदेशमा देखिएको छ । पछिल्लो १२ घण्टामा डडेलधुरामा सबैभन्दा बढी २९.६ मिलिमिटर वर्षा मापन गरिएको छ । हाल सुदूरपश्चिमभन्दा कर्णाली र लुम्बिनी प्रदेशमा बढी पानी परिरहेको छ ।

वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार वर्षा गराउने बादल पूर्वतिर सर्दै गए पनि प्रभाव क्रमशः कमजोर हुँदै गएको छ । काठमाडौं उपत्यकामा आज दिउँसो हल्का वर्षाको सम्भावना छ भने घाम लाग्ने सम्भावना कम रहेको उनले बताए ।

मधेश र झापा बाहेक अधिकांश स्थानमा हल्का वर्षा हुने तथा मनाङ–मुस्ताङसहित पूर्वी पहाडी हिमाली भेगमा मध्यम हिमपातको सम्भावना रहेको छ । मौसम आज साँझदेखि क्रमशः सुधार हुने पूर्वानुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं