Lite Nepal

बिहिबार, माघ १५, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान माथीको आक्रमण भयावह हुनसक्ने धम्की दिएका छन् ।

परमाणु कार्यक्रमलाई लिएर सम्झौता गर्न ‘समय सकिँदै गएको’ भन्दै उनले खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति क्रमशस् बढ्दै गएको सन्दर्भमा उनले इरानलाई तत्काल वार्तामा आउन आग्रह पनि गरेका छन् ।

ट्रम्पले अमेरिकाको ठूलो नौसैनिक टोली इरानतर्फ अघि बढिरहेको जानकारी पनि दिएका छन् । यो सैन्य टोली भेनेजुएलामा पठाइएकोभन्दा पनि ठूलो भएको ट्रम्पको भनाइ छ ।

यसको जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले देशका सशस्त्र बल ‘ट्रिगरमा औँला राखेर’ बसेको र जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको ‘तत्काल र शक्तिशाली’ जवाफ दिने चेतावनी दिएका छन् ।

इरानले आफ्नो परमाणु कार्यक्रम पूर्णतस् शान्तिपूर्ण भएको दाबी गर्दै आएको छ । उसले अमेरिका र उसका सहयोगी राष्ट्रहरूले लगाउँदै आएका परमाणु हतियार विकासको आरोपलाई बारम्बार अस्वीकार गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं