- चन्द्रकुबेर खापुङ

आइतबार, माघ १८, २०८२

मेरो भोट बिक्रीमा छैन
मागेर पाइँदैन,

मेरो भोट
मागेर कहाँ पाइन्छ र
माग्दैमा कहाँ दिइन्छ र
भोट भिक्षा होइन
मलाई घाँडो पनि भा छैन
पैँचो दिने वस्तु होइन
एक फाँको खैनी ,
एक खिल्ली बिँडी
एक ढुङ्ग्रो मोही हो र मेरो भोट?
मेरो भोट बिक्रीमा छैन
मागेर पाइँदैन ।

मेरो भोट ,
देश बनाउने औजार हो ,
समाज उजिल्याउने ऊर्जा हो,
मेरो देश घेर्ने काँडे तार हो ,
जङ्गे पिलर हो ,
देश हराभरा बनाउने मल हो
धरती सिञ्चित गर्ने जल हो
मेरो भोट बिक्रीमा छैन
मागेर पाइँदैन ।

गाली र तालीमा होइन
कसैले देखाको हरियो
डालीमा होइन,
यो देशको लागि ,
यो समाजका लागि
हिजो के गर्‍यौ ?
आज के गरिरहेका छौ?
भोलि के गर्छौ?
त्यसैमा निर्भर गर्छ मेरो भोट ,
मेरो भोट बिक्रीमा छैन
मागेर पाइँदैन ।

-चन्द्रकुबेर खापुङ
पूर्व आइजिपी

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा