Lite Nepal

शुक्रबार, माघ २३, २०८२

झापा । झापाको शिवसताक्षी नगरपालिका–११ सतासी खोलाको शाखा कल्भर्टनजिक माटोको ढिस्कोले पुरिँदा एक जना मजदुरको मृत्यु भएको छ।

शुक्रबार दिउँसो करिब २ बजेर १० मिनेटको समयमा फाइबर इन्टरनेट जडानका लागि जमिनमूनि खाल्डो खनेर काम गरिरहेका बेला एक्कासी साइडको माटोको ढिस्को खस्दा एनसेलका लागि काम गर्दै आएका मजदुर रमेशकुमार यादव घाइते भएका थिए।

सिराहाको लहान घरभएका अन्दाजी ३५–३६ वर्षीय यादवलाई तत्काल स्थानीयको सहयोगमा एम्बुलेन्समार्फत उपचारका लागि अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं