Lite Nepal

शुक्रबार, माघ २३, २०८२

विराटनगर । नेपाल–भारत सीमा सुरक्षा बैठकमा अचानक ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको उपचारका क्रममा निधन भएको छ ।

शुक्रबार दिउँसो उनी बेहोस भएर ढलेका थिए । उनी सशस्त्र प्रहरी बल मोरङका प्रमुख हुन् ।

मोरङको विराटचोकमा नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी)का अधिकारी सम्मिलित डीआईजी तहको बैठक चलिरहेका बेला अचानक ढलेपछि मोरङकै बुढीगंगास्थित विराट शिक्षण अस्पताल उपचारका लागि पु¥याइएको थियो ।

राति साढे ८ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । घिमिरेलाई उच्च रक्तचापको समस्या रहेको र यसकै कारण उनी बेहोस भएको हुनसक्ने चिकित्सकले बताएका छन् ।

उनको मोरङबाट नम्बर ३ वाहिनी गाढीमाई मुख्यालय मकवानपुरमा सरुवा भइसकेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं